मनहरी–अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा बिनियोजित बजेट बमोजिम मनहरी गाउँपालिका सडक निर्माण, स्तरोन्नतिका यथेष्ट कामहरु भएको जनाएको छ ।

आर्थिक बर्ष २०७७/७८ का लागि नयाँ योजना निर्माण र बजेट बिनियोजन भइरहँदा अघिल्लो आर्थिक बर्षको यथार्थ प्रगति विवरण सार्बजनिक गरिएको हो । यद्यपि चालू आर्थिक बर्षको काम निरन्तर चलिरहेकै छ ।

सातौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सार्बजनिक गर्नुअघि उपाध्यक्ष मनिला बिष्टले पेस गर्नु भएको मन्तब्यमा उल्लेख भए अनुसार गत आर्थिक बर्षमा ३० हजार ८ सय मिटर नयाँ ट्रयाक खनिएको छ । गाउँपालिकाका अनुसार २१ हजार पाँच सय ५० मिटर सडकमा ग्राभेलिङ गरिएको छ । त्यसैगरी ४ हजार १ सय ५० मिटर पक्की स्ल्याब ढलान भएको छ । ९८१.५ मिटर सडकलाई कालोपत्रे समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सातौ गाउँसभामा पेस भएको नीति तथा कार्यक्रममा चालू आर्थिक बर्षको प्रगति विवरण समाबेश छ । उक्त विवरण बमोजिम गाउँपालिकाभित्र बक्स कल्भर्ट ९ वटा, ह्युमपाइप कल्भर्ट २२ वटा, एउटा कज्वे र एउटा आरसीसी कल्भर्ट निर्माण भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here