निशा फेन्सीमा चोरी घटनाबारे प्रहरीले अध्ययन गर्दै ।

मनहरी–मंगलबार राति मनहरी बजारको अधिक चहलपहल हुने चोकमै रहेको फेन्सी पसलमा चोरी भएको छ ।

मुख्य बजार क्षेत्रमै चोरी भएपछि एक सय मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयलाई समेत चुनौति थपिएको बिश्लेषण गरिएको छ । राति चैनपुररोड प्रबेश गर्ने चोकमै रहेको निशा फेन्सीमा चोरी भएको हो । ताल्चा फुटाएर केही कपडाहरु तथा २० हजार रुपियाँ नगद चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

मुख्यबजार क्षेत्रमै चोरी हुँदा समेत सिसि क्यामेराले चोरलाई देखाउन सकेन । कारण थियो– चोकमै राखिएको क्यामेरा नहुनू । चोकमा काठको पोल गाडेर क्यामेरा राखिएको थियो । तर, केही समययता पोल समेत छैन ।

मकवानपुर उद्योग बाणिज्य संघको सक्रियतामा सिसि क्यामेरा जडान भएको हो । तर, सिसि क्यामेरा व्यवस्थापन गर्न गठित समितिले नियमित मर्मत सम्भारका कामहरु गर्न नसकेको अबस्था छ । स्मरणीय के छ भने, तीन बर्षअघि पनि मनहरी बजारको मेनरोडमा रहेको पुजन फेन्सीमा चोरी भएको थियो । सो घटनामा समेत अहिलेसम्म चोर पत्ता लाग्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here