मनहरी–तत्कालीन सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला सुरु भएको जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा पछिल्ला केही बर्षयता सयौँ घरहरु निर्माण गरिएका छन् । ती घर चेपाङ परिवारका लागि मात्रै बनेका छन् ।

तर, जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइदिन्छु वा पारिदिन्छु भन्दै मकवानपुरको चेपाङ समुदायमा रकम असुली गर्ने धन्दा भने निरन्तर चलिरहेकै छ । कतिपयले भवन निर्माणको अन्तिम किस्ताका बेला चेक लिने बित्तिकै हस्तक्षेप गरेर सटही गरेर रकम लिएका घटना सार्बजनिक भएका छन् भने कतिपयले जस्तापाता मात्रै दिएर भवनको रकम कुम्ल्याएका स्रोतहरु बताउँछ ।

यसरी रकम संकलन र असुली गर्नेहरुमा अधिकाँश चेपाङ नेतृत्व नै रहेको चेपाङ समुदायका अगुवाहरु बताउँछन् । लाभग्राहीहरुसँग रकम असुली गरी घर पारिदिएको तथा घर पाउनुपर्नेलाई नदिई रकम दिनेलाई मात्र दिइएको सयौँ गुनासाहरु गाउँमा सुनिन्छ । यतिसम्म कि, एकै घरमा बसिरहेका परिवारलाई पनि छोराहरु छुट्टिएको भन्दै भिन्न घर निर्माण गर्ने भन्दै तीन/चार वटासम्म घरहरु निर्माण गरिएको स्रोतले बताउँछ ।

यसैबीच चालू आर्थिक बर्षमा मकवानपुर र चितवन जिल्लाका चेपाङका लागि बिनियोजित रकम कार्यान्वयन नहुने भएको छ । बिनियोजित बजेट २०७७/७८ मा कार्यान्वयन हुने गरी प्रदेश सरकारले योजना सार्बजनिक गरेको छ ।

यता जनता आवास कार्यक्रम अन्तर्गत चेपाङलाई घर बनाइदिने भन्दै राक्सिराङमा रकम असुली भइरहेको पाइएपछि राक्सिराङ गाउँपालिकाले बिज्ञप्ती प्रकाशन गरी सचेत गराएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गरिव, विपन्न चेपाङ समुदायलाई जनता आवास निर्माण गर्ने भन्दै रकम असुली भइरहेको सुनिन आएकाले त्यस्ता गतिविधि नगर्न र गरेमा कारबाही भोग्न तयार रहन सम्बन्धित सबैलाई सचेत पार्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here