राहत बितरण गरिदैँ ।

मनहरी–राक्सिराङ गाउँपालिका वडा नं ७ र ८ मा गरिब र विपन्न समुदायका १ सय परिवारलाई राहत खाद्यान्न बितरण गरिएको छ ।

लकडाउनका कारण मजदुरी गर्न समस्या परेकाले भोकमरी बढेपछि चेपाङ समुदायलाई खाद्यान्न राहत बितरण गरिएको हो । आइएफजीएफ नेपाल नामक गैरसरकारी संस्थाको सहयोग तथा चेपाङ अगुवा मिथुन प्रजाको समन्वयमा खाद्यान्न, नून, तेल चामल बितरण गरिएको हो ।

चेपाङ बस्तीमा समस्या बढ्दै गएपछि आफूले खाद्यान्नका लागि पहल गरेको र प्रति परिवार चामल, नून, तेलसमेत गरी २ हजार रुपियाँ बराबरको खाद्यान्न बितरण गरिएको मिथुनले जानकारी दिनुभयो । ८ नं वडाध्यक्ष रामकृष्ण प्रजाको उपस्थितिमा राहत बितरण गरिएको उहाँले बताउनुभयो ।

सअघि पनि विभिन्न चेपाङ बस्तीहरुमा क्रिश्चियन मिसिनरी र चर्चको सहयोगमा राहत बितरणका कामहरु हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here