मौन धारण गर्दै मनहरी गाउँपालिका कर्मचारी र जनप्रतिनिधिहरु ।

मनहरी–जनप्रतिनिधिको रुपमा तेस्रो कार्यकाल सम्हाल्दै गर्नु भएका मनहरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको निधनपछि मनहरी गाउँपालिकामा शुक्रबार शोक विदा दिइएको छ ।


गाउँ कार्यपालिकाको आकस्मिक बैठकले शोक विदा स्वरुप कार्यालयका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । कलेजोमा भएको क्यान्सरका कारण स्याङ्तानको बिहिबार साँझ चितवनस्थित मेडिकल कलेजमा निधन भएको हो । ५५ बर्षीय स्याङ्तान महिनादेखि बिरामी हुनुहुन्थ्यो ।


कार्यपालिका बैठकपछि मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यपालिका बैठकलगत्तै कर्मचारी, जनप्रतिनिधिहरुले दिबंगत स्याङ्तानको नाउँमा मौनधारण गर्नु भएको थियो । जनताबाट अनुमोदित नेताको निधन हुँदा जनताको सपनामाथि पनि बज्रपात भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।


उहाँ २०४३ सालदेखि कम्युनिष्ट राजनीतिमा सामेल भई बहुदलप्राप्त भएपछिको पहिलो स्थानीय निकायको निर्बाचनमा तत्कालीन हाँडखिोला गाउँ विकास समितिका उपाध्यक्षमा निर्बाचित हुँदै कार्यबाहक अध्यक्ष समेत बन्नु भएको थियो ।


नेकपा एमाले हाँडीखोला गाउँ कमिटीका पटक पटक नेतृत्व गर्नु भएका स्याङ्तान सादा जीवन, उच्च विचारका हुनुहुन्थ्यो । राजनीतिकबाट लाभ उठाउनु हुँदैन भन्ने मान्यताबाट अघि बढ्नुहुने स्याङ्तानले २०७४ को कठिन अबस्थामा पनि जीत हासिल गर्नु भएको थियो ।


यसैबीच उहाँको शबयात्रा शुक्रबार दिउँसो ३ बजे हुने भएको छ । शुक्रबार बिहान सयौँ नेता कार्यकर्ताले उहाँको घरमा पुगी श्रद्धान्जलि व्यक्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here