समूहले प्रकाशन गरेको प्रेस विज्ञप्ती ।

मनहरी–नदी उकास जमिनमा भइरहेको अतिक्रमणका बिषयमा ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहलाई समेत मुछेर विवाद ल्याउने प्रयत्न गरिएको भनदै समूहले आपत्ति जनाएको छ ।

समूहका अध्यक्ष दीपक पुलामीले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशन गरी समूहलाई विवादमा तान्नका लागि गरिएका क्रियाकलापहरुबारे भ्रममा नपर्न उपभोक्ता, सहयोगी, शुभचिन्तक, नागरिक समाजलगायतलाई अनुरोध गर्नु भएको छ ।

उहाँले नियमानुसार उपभोक्ता सदस्यले पाउने वन पैदावार सदस्यहरुलाई दिइएको उल्लेख गर्दै सोही बिषयलाई अतिक्रमणसँग जोडेर विभिन्न निकायहरुमा उजुरी गरेर समूहका बदनाम गर्ने काम रोक्न सम्बद्ध सबैलाई आग्रह गर्नु भएको छ । उहाँले सार्बजनिक जग्गा संरक्षणको जिम्मा स्थानीय सरकारको भएकाले यसबार स्थानीय सरकारले पहलकदमी लिनुपर्ने भन्दै आवश्यक परे समूहले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

केही दिनअघि अतिक्रमण क्षेत्रमा नयाँ टहरा बनाउनका लागि सामुदायिक वन उपभोक्ता समूहले काठ दिएर बैधानिकता प्रदान गर्न लागिएको भन्दै भन्दै विभिन्न निकायमा लिखित उजुरी गरेपछि समूहको यस्तो प्रष्टिकरण आएको हो । ‘हामी संरक्षणको पक्षमा सदैव अडिग छौँ’, अध्यक्ष पुलामीले भन्नुभयो–‘संरक्षणको काममा हामीले गर्नुपर्ने सहजीकरण पनि गर्छाै, तर तटबन्धनबाट उत्तरतर्फको नदी उकास क्षेत्र वन समूहको कार्यक्षेत्र पर्दैन ।’

अनावश्यक उजुरबाजुर गरेर समूहलाई विवादमा पार्ने षड्यन्त्र भएपछि समूहले आफू मातहत रहेका १० वटै उपसमूहको बैठक राखी आफ्नो धारणा विज्ञप्तीमार्फत सार्बजनिक गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here