मनहरी बजारमा आइतबार बिहान प्रहरी जाँचका लागि लाइन लागेर राखिएका ट्रिपरहरु ।

मनहरी–बन्दाबन्दीका बेला सरकारले निर्माण सामग्रीहरुको ओसार पसार समेत खुला गरेपछि मनहरीमा भने भीडभाड देखिएको छ ।

चितवनबाट आएका दर्जनौ ट्रिपरले चितवनतर्फ गिटी, बालुवा र नदीजन्य बस्तु ढुवानी गर्ने क्रममा मनहरी बजारमा भीड देखिएको हो । आइतबार बिहान यस्तो दृष्य देखेका मनहरी बजारका बासिन्दाले ट्रिपरमा अब्यवस्थित ढुवानी क्रम बढेकाले कोरोना संक्रमण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘चितवनमा कोरोनाको संक्रमण छ, त्यहीँबाट आएका ट्रिपरहरुले ढुवानीका क्रममा मनहरीमा भीड गरेर बसेको देखिन्छ’, मनहरी बजारका एक व्यवसायीले भन्नुभयो ।

यता इलाका प्रहरी कार्यालय मनहरीले भने आइतबार बिहान ट्रिपरहरुको भीडभाड देखिने बित्तिकै व्यवस्थापन गरिएको र सोमबार बिहानबाट पूरै व्यवस्थित गरिने जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले सोमबारबाट पालैपालो कागजपत्र जाँच गर्ने र लाइनबद्ध ढंगले पालैपालो आउने व्यवस्था गरिने बताउनुभयो । ‘पालैपाला नआउने ट्रिपरहरु अब कारबाहीमा पर्छन्’, श्रेष्ठले भन्नुभयो ।

मनहरीबाट क्रसर उद्योगहरुबाट दैनिक दर्जनौँ नदीजन्य बस्तुको बिक्री चितवनतर्फ भइरहेको अबस्था छ । बिक्री बितरण र ढुवानी प्रक्रिया सुरक्षा अपनाएर मात्रै अघि बढाउन स्थानीयले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here