मनहरी–युनिलिभर फिडर अन्तर्गत मर्मतका काम भइरहेकाले नेपाल विद्युत प्राधिरण हेटौँडाले पुनः विद्युत कटौती गर्ने भएको छ ।
प्राधिकरणले युनिलिभर क्षेत्र अन्तर्गत बसामाडी, मनहरी, हाँडीखोला, राक्सिराङ लगायत स्थानमा बितरण भएका बिजुली तीन दिनका लागि कटौती गर्न लागेको हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभयो । उहाँका अनुसार जेठ २, ३ र ४ गते निरन्तर रुपमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अबरुद्ध हुनेछ ।
यसअघि पनि मर्मतकै क्रममा दुई पटक सार्बजनिक सूचना गरी प्राधिकरणले एक साता विद्युत कटौती गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here