वडा सदस्य एबम् समाजसेवी दलराज शाह ।

राक्सिराङ–राक्सिराङ गाउँपालिका वडा नं ३ का निर्वाचित वडा सदस्य दलराज शाहको मंगलबार दिउँसो निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका शाहको फोक्सोको क्यान्सरका कारण ५९ बर्षको उमेरमा निधन भएको ३ नं वडाध्यक्ष बाबुलाल स्याङतानले जानकारी दिनुभयो । उहाँ ८ महिनादेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

२०७४ साल बैशाख ३१ गतेको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट खुला सदस्यमा निर्बाचित शाह असल समाजसेवी र अगुवा किसान हुनुहुन्थ्यो । भ¥याङली कृषि सहकारी संस्थाको समेत नेतृत्व गर्नु भएका शाहको निधनले स्थानीय सरकार र नेपाल कम्युनिष्ट पार्टीलाई अपूरणीय क्षति पुगेको वडाध्यक्ष स्याङ्तानले प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here