मनहरी–नेपाल विद्युत प्राधिकरण हेटौँडाले युनिलिभर फिडर अन्तर्गत बसामाडीदेखि सुनाचुरी र यस अन्तर्गतका शाखा लाइनहरुको मर्मत सुधार थालेको छ ।

बैशाख २० गतेदेखि २४ गतेसम्म कन्डक्टर बदल्ने र अपग्रेडिङ गर्ने कार्य जारी रहने प्राधिकरणले जनाएको छ । मर्मतका बेला बिहान ९ बजेदेखि साँझ अपरान्ह ४ बजेसम्म विद्युत प्रबाह रोकिने प्राधिकरणले जनाएको छ ।

तर तोकिएको काम निर्धारित समयअघि नै सकिएमा त्यसअघि नै विद्युत प्रबाह छाडिने प्राधिकरण हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । विद्युत अबरुद्ध हुँदा हेटौँडा उपमहानगरपालिकाका ३ र १९ नं वडासहित मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका पूरै क्षेत्र प्रभावित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here