काठमाडौँबाट कैलाश गाउँपालिकाका नागरिक ल्याइँदै ।

कैलाश–कैलाश गाउँपालिकाले लक डाउनका बेला काठमाडौँमा रहेका र गाउँ फर्कन चाहेका ४५० जना नागरिकलाई गाउँ भित्र्याइएको छ ।

कैलाश गाउँपालिकाले १० वटा बसको व्यवस्था गरी पायक पर्ने गाउँसम्म आफ्ना नागरिकहरुलाई पु¥याइएको अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो ।

शनिबार राति १० वटै बसले सम्बन्धित गाउँहरुमा नागरिकहरुलाई पु¥याइएको हो । त्रिभूवन राजपथ हुँदै ८ वटा र महेन्द्र राजमार्ग हुँदै २ वटा बस कैलाश गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेको हो ।

गाउँपालिकाले यातायात व्यवसायीसँग समन्वय गरी बसको व्यवस्थापन गरेको हो । बसको व्यवस्थापन गरेबापत गाउँपालिकाले बस व्यवसायीलाई प्रतिब्यक्तिका दरले भाडा तिर्ने बताइएको छ ।

‘लक डाउन लम्बिने थाहा पाएपछि हामीले नागरिकलाई गाउँ फर्कन सहजीकरण गरेका हौँ’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘मास्क र सेनिटाइजरको व्यवस्थापनसहित स्वास्थ्यकर्मीको निगरानीमा राखेर उहाँहरुलाई गाउँमा भित्र्याइएको छ ।’ गाउँमा ल्याइएका नागरिकहरुको नियमित स्वास्थ्य जाँच गरिने अध्यक्ष मुक्तानले बताउनुभयो ।

गाउँ फर्कन पाएकामा कैलाश गाउँपालिकाका नागरिकहरुले गाउँपालिकालाई खुसी हुँदै धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here