राक्सिराङ –सरकारले एकद्वार प्रणालीबाट राहत बितरण गर्ने नीति लिएपछि गाउँघरमा भूकम्पपीडितहरुलाई बितरण गरिएँझै असरल्ल रुपमा राहत बितरण हुन छाडेको छ ।

स्थानीय सरकारकै नेतृत्वमा निरन्तर राहत वितरण र प्रवन्ध व्यवस्था मिलाइएको छ । यसै क्रममा लक डाउनका कारण भोकमरीमा परेका स्थानीयबासिन्दालाई राक्सिराङ गाउँपालिका ४ नं वडामा तरुण दल वडा इकाई समितिले बितरण गर्न ठिक्क पारेको खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बितरणका लागि तरुण सदस्यहरुले रकम संकलन गरी ३० बोरा चामल, ६० किलोग्राम दानल, ६० किलोग्राम नून र ३ कार्टून तेल खरिद गरी केहीदिनअघि रतुवा पु¥याइएको थियो ।

तर राजनीतिक रुपमा चौतर्फी बिरोध भएपछि वडा कार्यालयले राहत बाँड्न रोक लगाएका कारण तरुण दलले खाद्यान्न नबाँडी शुक्रबार दिउँसो राक्सिराङ गाउँपालिका विपद् व्यवस्थापन कोषमा दाखिला गरेको छ । सरकारको एकद्वार नीतिलाई सहयोग गर्न गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरिएको तरुण दल ४ नं वडा समिति अध्यक्ष हिरालाल ब्लोनले बताउनुभयो । उहाँले एकद्वार नीतिबारे आफूहरु जानकार नभएकाले आफ्नै ढंगले खाद्यान्न खरिद गरी बाँड्ने योजना भएपनि वडा कार्यालय र गाउँपालिकाले गरेको आग्रह बमोजिम खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण गरिएको बताउनुभयो ।

तरुण दलले खाद्यान्न बाँड्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टी निकट युवा संघले राक्सिराङमा यसअघि भूकम्पका बेला झैँ अस्वस्थ हिसावले राहत बाँड्न खोजिएको भन्दै बिरोध जनाएका थिए । राक्सिराङमा यसअघि नेपाल कम्युनिष्ट पार्टीले २ लाख बराबरको खाद्यान्न हस्तान्तरण गरिसकेको छ भने नेपाली काँग्रेसले १ लाख ११ हजार १ सय ११ रुपियाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरिदिने घोषणा गरेको छ ।

राक्सिराङमा पछिल्लो समयमा राजनीतिक संस्कार विकास भई एकापसमा सहयोग र सहकार्यको भावना बढ्दै गर्दा आफूखुसी संघसंस्था र राजनीतिक दलहरुले राहत बाँड्न थाल्ने हो भने भयाबह अबस्था आउने भएकाले गाउँपालिका, वडापालिका र सरोकारवालाले चासो चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here