कालिका मावि खैराङको पुरानो फोटो ।

राक्सिराङ–लक डाउनको मौका पारेर राक्सिराङ गाउँपालिका ९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा चोरी भएको छ ।

केही दिनअघि विद्यालयको स्टोर कोठाको ताला फोडेर दुई वटा कम्प्युटर चोरी भएको हो ।
विद्यालयका प्रधानाध्यापक विनोद खत्रीका अनुसार राक्सिराङ गाउँपालिकाको आइसिटी अनुदान कार्यक्रम अन्तर्गत प्राप्त ११ मध्ये २ वटा कम्प्युटर चोरी भएको हो ।

कम्प्युटर चोरी भएकाबारे प्रहरीमा जानकारी गराइएको र खोजी कार्य जारी रहेको प्रधानाध्यापक खत्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here