काठमाडौँमा अड्केका नागरिकहरुलाई मनहरी ल्याइएपछि ज्वरो जाँच हुँदै ।

राक्सिराङ–लक डाउनका कारण काठमाडौँमा रोकिएका राक्सिराङ र मनहरी गाउँपालिकाका ५० जना नागरिकलाई बसमा राखेर मनहरी ल्याइएको छ ।

राक्सिराङ गाउँपालिकाको समन्वय र समाजसेवी नवराज थिङको आर्थिक सहयोगमा राक्सिराङ गाउँपालिकाका ३८ र मनहरी गाउँपालिकाका १२ जना नागरिकलाई बसमा राखेर बिहिबार दिउँसो मनहरी ल्याइएको हो । राक्सिराङ गाउँपालिकाको अनुरोधमा बस भाडामा लिएर आवश्यक समन्वयसहित नागरिकको उद्धार गरिएको समाजसेवी थिङले बताउनुभयो ।

बसमा आएका टोलीलाई चितवनको रामनगरका स्थानीयबासिन्दाले खाना खुवाउनु भएको थियो । काठमाडौँबाट आएका सबै नागरिकलाई मास्क, सेनिटाइजरजस्ता स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी सम्बन्धित वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको जिम्मा लगाइएको गाउँपालिकाले जनाएको छ । यसैबीच राक्सिराङ गाउँपालिकाको अर्काे एउटा बसमा पनि नागरिकलाई काठमाडौँबाट ल्याउने तयारी भइरहेको र बस काठमाडौँ पठाइसकिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here