मनहरी ३ लामिटारस्थित सेफ हाउसमा रहेकी आमाछोरी ।

मनहरी–मनहरी गाउँपालिकाले लकडाउनका कारण बिचल्लीमा परेका आमा छोरीको उद्धार गरी सेफ हाउसमा राखेको छ ।

मनहरी गाउँपालिका ३ लामिटारमा रहेको सेफ हाउसमा हेटौँडा उपमहानगरपालिका आमाछोरीलाई संरक्षण दिइएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो ।

लक डाउनका बेला थप घरेलु हिंसामा परेपछि घर छाडेर हिँडेका आमाछोरी घर जान नचाहेको बताइएको छ । उनीहरु दुबै मानसिक रुपमा बिक्षिप्त रहेको पाइएपछि थप परामर्श र सुरक्षाका लागि सेफ हाउसमा राखिएको उपाध्यक्ष बिष्टले बताउनुभयो । आमा छोरीलाई मनहरी गाउँपालिका वडा नं ६ बाट उद्धार गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here