कैलाश–मुलुकले नै कोरोना संक्रमणको जोखिम मोलिरहेका बेला कैलाश गाउँपालिकाबाहिरबाट गाउँ आएका तथा शंका लागेका ४३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

तीमध्ये दुईजनाका स्वाब जाँच गरिएको हो भने अन्य ४१ जनाको ¥यापिड डाइग्नोसिस टेस्ट गरिएको हो । गाउँपालिकाले नामटारमा २३ जनाको, गोगनेमा १५ जनाको, हेटौँडामा ३ जनाको, मनहरीमा १ जनाको र चितवनमा १ जनाको ¥यापिड डाइग्नोसिस टेस्ट र स्वाब परिक्षण गरेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । टेस्ट गरिएका सबैका रिजल्ट नेगेटिभ देखिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here