मनहरी–लक डाउनका कारण मनहरी गाउँपालिकाका ७ मा ६० घर परिवार जंगली कन्दमुलको भरमा बाँच्नु परिरहेकाले सहयोग आग्रह गर्दै बनावटी फोटो पठाएर राहत माग गर्नेलाई धार्मिक कारबाही गरिएको छ ।

पास्टर एशोसिएसन पश्चिम क्षेत्र मनहरीले मनहरी गाउँपालिका ७ का रामनाथ प्रजालाई धार्मिक कारबाही गरेको जनाएको छ । एशोसिएसनले मनहरी गाउँपालिका ७ नं वडा कार्यालयलाई पत्र लेखी रामनाथलाई धार्मिक विधि अनुसार विभिन्न मण्डलीका पास्टरहरुको उपस्थितिमा कारबाही गराइएको उल्लेख छ । रामनाथले आफूबाट गल्ती भएको स्वीकार गरी माफीका लागि एशोसिएसनमा आग्रह गरेपछि धार्मिक कारबाही गरिएको हो ।

एशोसिएसनले गलत फोटोहरु सामाजिक सञ्जालमा प्रेषित गर्न लगाएर राहत माग गर्ने रामनाथलाई स्थानीय तहमा समेत झिकाएर माफी माग्ने वातावरण बनाउनका लागि वडा कार्यालयलाई अनुरोध गरेको छ । बैशाख ८ गते ७ नं वडा कार्यालयलाई एशोसिएसनले पत्र लेखेको पाइएको छ ।
केही दिनअघि मनहरी लाइभ डटकमले राहतको लागि चेपाङको बदनाम गर्दै केही क्रिश्चियनका अगुवाहरु शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारपछि अधिकाँश क्रिश्चियन अगुवा तथा नेपाल चेपाङ संघसहित चेपाङ अगुवाहरुले घटनाको विरोध गरेका थिए ।

मनहरी गाउँपालिका ६ का केही बृद्ध, बालबालिकाहरुलाई जंगलमा गिट्ठा भ्याकुर खोज्न पठाइएको र पोलेर खाँदै गरेको जस्तो बनावटी फोटो खिचाएर रामनाथसहितको टोलीले क्रिश्चियनका केन्द्रीय मिसनहरुमा सहयोग माग गरेको पाइएको छ । रामनाथले पठाएको फोटो तुल्सी श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here