मनहरी–साना किसान कृषि सहकारी संस्था मनहरीले आफ्ना सदस्यहरुले लिएको ऋणको ब्याजमा लकडाउन अबधिभर वा लकडाउन समाप्त भएको १० दिनभित्र तिरेमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

सञ्चालक समितिको बैठकले ब्याज मिनाहसम्बन्धी निर्णय गरेको सहकारीका व्यवस्थापक ज्योति सुवेदीले बताउनुभयो । सरकारी निर्देशनको पालना गर्दै सहकारीले लक डाउनका बेला व्यापार, उद्यम, कृषि उत्पादन, बिक्री बितरण जस्ता कार्यहरु अबरोध भएपछि आर्थिक मन्दी देखिएको भन्दै यस्तो निर्णय गरिएको अध्यक्ष बिमला कार्कीले बताउनुभयो । ‘यो निर्णय कार्यान्वय हुँदा पनि सहकारीलाई आर्थिक बोझ निकै नैै हुन्छ’, अध्यक्ष कार्कीले भन्नुभयो–‘तैपनि आफ्ना सदस्यहरुको हीतमा हामीले यो निर्णयलाई कार्यान्वयनमा ल्याएका छौँ ।’

सहकारीले लक डाउन अबधिको ऋणको किस्ता तिर्ने भाका पछाडि सार्ने निर्णय पनि गरेको छ । हाल बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सहकारीले सरसफाईका सबै विधि अपनाएर कारोबार गरिरहेको छ ।

सहकारीले अहिले लक डाउनका कारण आर्थिक मन्दी लागेका बेला आफ्ना सदस्यहरुलाई विभिन्न रोगहरु लागेर उपचार गराउन रकम नहुने अबस्था भएमा फास्ट ट्रयाक बिधिबाट १० हजार रुपियाँसम्म उपचार ऋण उपलब्ध गराउने निर्णय गरेको छ । फास्ट ट्रयाक विधिबाट एकै दिनमा ऋण प्राप्त गर्न सकिनेछ । यसका लागि समूहका अध्यक्ष र सञ्चालक प्रतिनिधिको सिफारिस अनिबार्य गरिएको सहकारीले जनाएको छ ।

यसैगरी सहकारीले मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा २० हजार रुपियाँ संकलन गरिदिने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here