फेसबुकमार्फत सार्बजनिक भएको भयाबह दृष्य देखिने पोस्ट र नेपाल चेपाङ संघ राक्सिराङ गाउँ इकाई समितिले प्रकाशन गरेको विज्ञप्ती ।

राक्सिराङ–चेपाङ समुदायका मानिसहरु लक डाउनका कारण भोकभोकै रहेकाले जंगलमा गएर कन्दमुल खाएर बस्नुपर्ने बाध्यता रहेको भन्दै राहत माग गरिएको घटनाको नेपाल चेपाङ संघ राक्सिराङ गाउँ इकाई समितिले बिरोध जनाएको छ ।

संघका अध्यक्ष सोमलाल चेपाङले विज्ञप्ती प्रकाशन गरी केही क्रिश्चियन अगुवाहरुले मनहरी गाउँपालिका ७ का ६० घर चेपाङ समुदायका मानिसहरु खानै नपाएर जंगलमा पुगी गिट्ठा, भ्याकुर, चुइया खाइरहेको दृष्य फेसबुकमो पोस्ट गरेर राहत माग गरेको घटनाप्रति आपत्ति जनाएको हो ।

अहिले स्थानीय सरकारले राहत बितरणको काम गरिरहेकाले सत्य तथ्य बुझेर मात्रै राहतका लागि पहल गर्ने र बितरण गर्ने कार्यमा लाग्न संघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
साथै संघले चेपाङ जाति र क्रिश्चियन धर्ममाथि आँच आउने गरी गरिएको गतिविधिमा संलग्नलाई कारबाही गर्नका लागि प्रतिबद्धता समेत जनाएको छ ।

केही दिनअघि क्रिश्चिय मिसनहरुमा त्यसरी बनावटी फोटो पठाएर मकवानपुरका केही चेपाङ अगुवाहरुले राहत मागेको घटना मनहरी लाइभ डटकमले प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि मनहरी गाउँपालिका, पास्टर एशोसिएसन पश्चिम क्षेत्र समिति मनहरी, ६ नं वडा कार्यालय र ७ नं वडा कार्यालयले चासो देखाएर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here