मनहरी–हावाहुरीसहित परेको असिनापानीले मनहरी गाउँपालिका वडा नं ५ मा कृषि, पशुधन तथा भौतिक क्षति गरेको छ । दर्जनौ घरहरु भत्केका छन् र जस्तापाता उडेको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार अधिकाँशका घरका छानाहरु उडाएका छन् । हावाहुरीले घर भत्कँदा ३ जना घाइते भएका छन् । तीमध्ये एकजनाको कुम खुस्किएकाले उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिनुभयो । अरु सामान्य घाइतेको स्थानीय स्वास्थ्य इकाई र मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।

हावाहुरीका कारण सयौँ बिगाहको मकै खेती नष्ट भएको छ भने ५ हजार कुखुराका चल्ला नष्ट भएका छन् । एउटा भैँसी समेत मरेको छ । तरकारी तथा केरा खेती पूर्ण रुपमा क्षति भएको ५ नं वडाअध्यक्ष शुभराज थिङले जानकारी दिनुभयो ।
हावाहुरी र असिनापानीले नष्ट गरेका पशुचौपाया तथा भौतिक बस्तुहरुको उद्धारका लागि संविधानसभा सदस्य राजाराम स्याङ्तानसहित जनप्रतिनिधिहरु खटिनुभएको थियो ।
यसैबीच मनहरी गाउँपालिका ७ स्थित राक्सिराङ कृषि तथा पशु फर्म प्रालिले टनेलमा लगाएको गोलभेँडा खेती हावाहुरीले पूर्ण रुपमा क्षति पु¥याएको सञ्चालक इन्द्र थिङले जानकारी दिनुभयो । उहाँको टनेलका प्लाष्टिकहरु तथा आफू बस्दै आएको घर समेत हावाहुरीले उडाएको छ ।

हावाहुरीसँगै चट्याङ लाग्दा राक्सिराङ गाउँपालिका वडा नं २ मा तीनजना घाइते भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुुमार मल्लले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here