राक्सिराङ–लक डाउनका बेला राक्सिराङ गाउँपालिकामा भोकमरीमा परेका समुदायलाई खाद्यान्न तथा सरसफाईका सामान बितरण गर्न गाउँपालिका र गैरसरकारी संस्थाबीच सम्झौता भएको छ ।

लिसा हिमालय इभी तथा दीगो विकासका लागि एकता नेपालले राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ मा संचालन गरिरहेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत नै राहत बितरण गर्नका लागि गाउँपालिकासँग सम्झौता गरिएको हो । सम्झौता पत्रमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता बमोजिम साबि काँकडा गाविसतर्फ अर्थात वडा नं ६, ७ र ८ मा ७३१ घर परिवारले खाद्यान्न तथा सफाईका सामग्री प्राप्त गर्नेछन् । २५ किलोग्राम चामल, ३ किलोग्राम दाल, १ किलोग्राम नुन र २ लिटर तेल भोकमरीग्रस्त बस्तीका बासिन्दाले प्राप्त गर्नेछन् । त्यसैगरी ७३१ घर परिवारमै ५ वटाका दरले डिटोल साबुन पठाइने गरी प्याकेज बनाइएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले बताउनुभयो ।

आगामी साता बितरण गर्नेगरी सामग्रीहरुका खरिद प्रक्रिया अघि बढेको कार्यक्रम निर्देशक पौडेलले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले भोकमरीग्रस्त परिवार छनौट गरी जनप्रतिनिधिहरुले भौतिक दुरी कायम गरेर राहत बितरण गर्नेछन् । संस्थाको तर्फबाट गाउँपालिका÷वडापालिकालाई राहत सामग्री उपलब्ध गराइनेछ ।

लिसा हिमालय इभीले राक्सिराङको ६, ७ र ८ नं वडामा लामो समयदेखि शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा काम गरिरहेको छ । राहत सहयोग उपलब्ध गराउने सम्झौता भएपछि गाउँपालिका अध्यक्ष मल्लले खुसी व्यक्त गर्नु भयो । उहाँले लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले विभिन्न कालखण्डहरुमा सरकारले गर्नुपर्ने काममा सघाउ पु¥याएका कारण आफूले काम गर्न निकै सहज महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here