राक्सिराङ–राक्सिराङ गाउँपालिकाले पनि लक डाउनका बेला गाउँपालिकाभन्दा बाहिर रहेका बिचल्ली परेका नागरिकको खोजी अनलाइनमार्फत सुरु गरेको छ ।

गुगलमा फर्म निर्माण गरी फेसबुकमा मार्फत सेयर गरी अनलाइनबाट फर्म भर्ने सेवा सुरु गरिएको राक्सिराङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत अन्जन हटुवालले बताउनुभयो । लक डाउनका बेला आफ्ना नागरिकहरु कहाँ के कस्तो अबस्थामा छन् भन्ने थाहा पाउनका लागि यस्तो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । समस्यामा परेका भए जुनसुकै स्थानीय तहमा भए पनि दैनिकी सहज बनाउन गाउँपालिकाकोत तर्फबाट सहजीकरण गरिने अध्यक्ष मल्लले बताउनुभयो ।

सूचना प्रविधि अधिकृत हटुवालका अनुसार मंगलबार सुरु गरिएको अनलाइन फर्ममा ५ जनाले सूचना दिएका छन् । तीमध्ये ४ जनाले सुरक्षित रहेको बताएको र १ जनाले आफू राक्सिराङ ९ स्थित खैराङमा रहेको घर फर्कन चाहेको बताएका छन् ।

यसअघि उत्तरी मकवानपुरको थाहा नगरपालिकाले फेसबुकमा अनलाइन फर्म बनाएर नागरिकहरुलाई फर्म भर्न आह्वान गरेको थियो । अनलाइनबाट आफ्ना नागरिकहरुका बारेमा चिन्ता व्यक्त गर्ने र विवरण संकलन गर्ने कार्यका लागि सूचना प्रविधिले सजिलो बनाएको स्थानीय तहका अधिकारीहरुले बताएका छन् ।

फारम भर्ने लिंक यहाँ छ । क्लिक गर्नुहोला । https://docs.google.com/forms/d/e/1FAIpQLSej4LP9Xg5lUHFo6kUaLMBbKHAlOBKngIyrc09JNL7ZyKzA4g/viewform

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here