कैलाश–मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं २ बैकुण्ठमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अबस्था गम्भीर रहेको छ ।

घाइते भएकाहरुमा स्थानीय चन्द्रबहादुर मुक्तान र कान्छीमाया थिङ रहेको कैलाश गाउँपालिका २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले बताउनुभयो । सोमबार राति परेको चट्याङबाट घाइते भएकामध्ये कान्छीमायाको अबस्था गम्भीर रहेको २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले बताउनुभयो । उनीहरुलाई स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो । चट्याङ परेका स्थानका दुई घरका लत्ताकपडाहरु जलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here