भार्ताको सुकुभन्ज्याङमा भएको राहत बितरणमा गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, वडाध्यक्ष उदाशकुमार भोलनसहित सुरक्षाकर्मी ।

कैलाश–भोकमरीसँग जुधिरहेको चेपाङ समुदायमा बन्दाबन्दीको असरले गर्दा श्रम गर्न जाने स्थिति छैन । यस्तो कठिन अबस्थामा जसोतसो प्राण धानेर बसेको चेपाङ परिवारलाई घरमै आगलागी भएपछि भने झन् अर्काे समस्या थपिएको छ ।

मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं ७ सर्सीका सुकुलाल चेपाङको घरमा शनिबार आगलागी भएर ध्वस्त भएपछि परिवारको बिचल्ली भएको छ ।

पाखो बारीमा रहेको कच्ची घरमा आगो सल्कँदा लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा सबै जलेर नष्ट भएको कैलाश गाउँपालिका ७ नं वडाध्यक्ष उदाशकुमार भोलनले जानकारी दिनुभयो । वडाध्यक्ष भोलनका अनुसार अर्काे गाउँमा रहेका छिमेकीले दिएको पिठो पकाएर सुकुरामको चार जनाको परिवारले आइतबार बिहान मात्रै ढिडो खान पाएका छन् ।

यसैबीच कैलाश गाउँपालिकाको तर्फबाट आगलागी पीडितलाई प्रारम्भिक राहत बितरण गरिएको छ । त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा लगायत बन्दोबस्तीको सामानसहित गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले आगलागी पीडित सुकुरामलाई राहत हस्तान्तरण गर्नु भएको छ । केही दिनमै बन्दोबस्तको अन्य व्यवस्थापनका कामहरु पनि गरिने गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो ।

गाउँपालिकाले आगलागी भएमा घर पुननिर्माणका लागि नगद ४० हजार रुपियाँ दिने कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइसकेको छ । घर पुननिर्माणका लागि खरको छानामुक्त कार्यक्रमबाट जस्तापाता उपलब्ध गराउने गरी सुकुलालको परिवारलाई सहजीकरण गरिने अध्यक्ष मुक्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here