अतिक्रमित जग्गामा लगाइएको घेराबारा हटाइँदै ।

मनहरी –मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरेस्थित मध्यवर्ती क्षेत्रको नदी उकास जमिनमा दिनदिनै अतिक्रमण भइरहेको पाइएको छ ।

राप्ती खोलामा तटबन्धन निर्माण भएपछि निस्किएको नदी उकास जमिनको उचित संरक्षण र व्यवस्थापन गर्ने तयारी मनहरी गाउँपालिकाले गरिरहेका बेला अतिक्रमण बढेको हो ।

अतिक्रमण बढेसँगै नयाँ छाप्रोहरु निर्माण गर्ने, जग्गा घेराबार गरेर कब्जा गर्ने जस्ता कार्यत्रहरु भइरहेको पाइएको स्थानीयबासिन्दाहरुले बताएका छन् । यसैबीच अतिक्रमित जग्गामा गरिएको घेराबार डिभिजनल वन कार्यालय राप्ती मनहरीको नेतृत्वमा गएको टोलीले भत्काएको छ भने केही छाप्राहरु पनि आगजनी गरिदिएको छ ।

डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा गएको टोलीलमा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ, इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोली, वन रक्षकहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here