मनहरी– मनहरीका चारवटा क्रसर उद्योगहरुले मनहरी गाउँपालिकालाई कोरोना भाइरस संक्रमण रोक्नका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

मनहरी गाउँपालिका ८ सिमपानीमा सञ्चालित चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग, जय मनहरी बालुवा उद्योग, जनसेवा क्रसर उद्योग र कामना क्रसर उद्योगले स्वास्थ्य सामग्री खरिद गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरित सामग्रीहरुमा ४० थान पिपिइ र २५० थान मास्क रहेका छन् । स्वास्थ्य सामग्री मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीले संयुक्त रुपमा ग्रहण गर्नु भएको थियो ।

यसअघि पनि चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योगको तर्फबाट मास्क, सेनिटाइजर, १५ थान पिपिई हस्तान्तरण भइसकेको छ । निजी क्षेत्रले गाउँपालिकाले गरिरहेको कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा साथ दिएको क्रसर व्यवसायी राजकुमार रावलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here