स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुहुँदै रावल र बुझ्दै गाउँपालिका अध्यक्ष उप्रेती र स्वास्थ्य प्रमुख अधिकारी ।

मनहरी–कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको प्रयासलाई मनहरी ८ सिमपानीस्थित क्रसर व्यवसायी युवाले साथ दिनु भएको छ ।

चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग प्रा.लि.का सञ्चालक राजकुमार रावलले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सामग्रीहरु मनहरी गाउँपालिकालाई प्रदान गर्नु भएको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीलाई उहाँले पर्सनल प्रोटेक्ट इक्युपमेन्ट (पिपिइ) १५ थान, स्यानिटाईजर, ग्लोब्स १ हजार थान र हेड क्याप १ सय थान प्रदान गर्नु भएको हो ।

प्राप्त भएका सामग्रीहरु स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाहरुमा प्रयोग गरिने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

लामो समयदेखि मनहरीमा व्यवसायी गर्दै आइरहनु भएको रावल चितवन निबासी हुनुहुन्छ । उहाँले यस क्षेत्रको सामाजिक कार्यहरुमा यसअघि पनि निरन्तर सहयोग गर्दै आइरहनु भएको छ । ‘संकटका बेला आफूले सकेको सहयोग गरेको हुँ’, रावलले भन्नुभयो–‘जुन ठाउँमा व्यवसाय छ, त्यही ठाउँलाई हामीले सकेको सहयोग गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here