मनहरी– कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरु भोकै बस्न नपर्नेगरी मनहरी गाउँपालिकाले व्यवस्था मिलाएको छ ।
राहत बितरणलाई भद्दा समाजसेवा र राजनीति नबनाउनका लागि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आग्रह गर्नु भएको छ ।

उहाँले चुल्हो बल्न छाडेका घरहरुमा स्थानीय सरकार आफै पुगेर चुल्हो बाल्ने गरी व्यवस्थापन गर्ने बताउनुभयो । ‘राहत बाँड्ने भन्दै भूकम्पका बेलाजस्तो हरलधरल गरेर कसैलाई राजनीति गर्नुपर्ने वा कसैलाई समाजसेवी भनेर चिनिनुपर्ने कुरामा हामी सहमत छैनौँ’, अध्यक्ष उप्रेतीले मनहरी लाइभ डटकमसँग भन्नुभयो ।

उहाँका अनुसार मनहरी गाउँपालिकामा विपद् व्यवस्थापन समितिले चुल्हो नबल्ने परिवारको पहिचान गरी वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक गरी निर्णयसहित सिफारिस आएमा चुल्हो बाल्ने व्यवस्था गरिनेछ । ‘लक डाउन अबधिभर भोकै बस्नुपरेको समाचार कसैले सुन्नुपर्ने छैन’, हामी जसरी नि व्यवस्था गर्छौ ।’ अध्यक्ष उप्रेतीले कोही व्यक्ति वा संघसंस्थालाई सहयोगका लागि आह्वान नगरिएको समेत बताउनुभयो ।

राहत बितरण गर्ने भन्दै कतिपय फोनहरु आफूकहाँ आइरहेको बताउँदै अहिले कुनै पनि व्यक्ति वा संस्थालाई राहत बितरणका लागि अनुमति नदिइएको उहाँले बताउनुभयो । विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट मात्रै मजदुर र श्रमिक बर्गका मानिसहरुलाई छाक टार्ने निर्णय गरेको र उक्त निर्णय अक्षरसः कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

गृहमन्त्रालयको पत्रले पनि जथाभावी राहत बाँड्न नपाइने सर्कुलर जारी गरेको सुनाउँदै अध्यक्ष उप्रेतीलेभ न्नुभयो–‘हामीले सकेनौँ र आवश्यकता नै प¥यो भने निजी क्षेत्रलाई पनि सहयोगको आह्वान गरौँला, अहिलेलाई हामी नै सक्षम छौँ’, उहाँले भन्नुभयो । तर, विपद् परेका बेला बितगमा जस्तो राहतको नाउँमा घृणित काम कसैले गर्न नहुने र गरेमा कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here