राक्सिराङ गाउँपालिका, कार्यपालिकाको कार्यालय चैनपुर

राक्सिराङ–रोग र भोकसँग एकसाथ लडिरहेको राक्सिराङ गाउँपालिकामा कोरोनाका सम्भावित बिरामी बोक्नका लागि बैकल्पिक व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नियमित विरामी बोक्ने एम्बुलेन्सका अलावा अर्काे सवारी साधनको व्यवस्था गरिएको छ । ‘अर्काे सवारी साधनले कोरोनाका सम्भावित बिरामी मात्रै बोक्नेछ’, अध्यक्ष मल्लले भन्नुभयो–‘अहिले चलिरहेको एम्बुलेन्सले नियमित काम गर्नेछ ।

यसैबीच गाउँपालिकाले सबै जनप्रतिनिधिहरुको एक महिनाको सुविधा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थापना भएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । अध्यक्ष मल्लद्वारा जारी विज्ञप्तीमा जनप्रतिनिधिहरुले १ महिनाको सेवासुविधा कोषमा राख्ने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकामा कार्यरत अन्य कर्मचारीले १० दिनको तलव कोषमा जम्मा गर्नेछन् भने स्वास्थ्य सेवाका कर्मचारीको ७ दिनको तलब कोषमा राखिने अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here