राक्सिराङ गाउँपालिका, कार्यपालिकाको कार्यालय चैनपुर

राक्सिराङ–अनिकालको चपेटामा परेका चेपाङ समुदायलाई लक्षित गरी राक्सिराङ गाउँपालिकाले कोरोनाको संक्रमण जाँच्न जाने चेपाङ समुदायका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा र पाँचहजार रुपियाँ दिने निर्णय गरेको छ ।

गाउँपालिकाले अनिकालग्रस्त बस्तीमा कोरोनाको संक्रमणको आशंका भएमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको सिफारिसमा सरकारले तोेकेको अस्पतालमा कोरोना जँचाउने चेपाङ बिरामीका लागि यस्तो निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘अनिकालले थिलो थिलो भएको बस्तीमा कोरोनाको उपचार गर्न जाने पैसा पनि हुँदैन, एम्बुलेन्स चढ्न सक्ने हैसियत पनि हुँदैन’, अध्यक्ष मल्लले भन्नुभयो–‘यस्तो बेला स्थानीय सरकारले उनीहरुको पीडामा सहायता गर्नका लागि हामीले निर्णय गरेका छौँ ।’

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि २५ लाख रुपियाँको कोष खडा गरेको छ । हरेक स्वास्थ्य संस्थामा हेल्प डेस्क स्थापना गर्ने, आवश्यक औजारहरु खरिद गर्ने यसअघि नै निर्णय भइसकेको छ ।

गाउँपालिका भित्रिने मनहरी–प्याङ्चे–चैनपुर सडक खण्ड बन्द गरिएको छ भने सिमपानी–सरिखेत खण्ड पनि बन्द भएको छ । राक्सिराङ गाउँपालिका भित्रने सबै सडकहरु बन्द गरेर राक्सिराङलाई नाकाबन्दी झैँ गर्नेगरी व्यवस्थापन गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here