मनहरी–सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म लक डाउनको घोषणा गरेर घरमै बस्न नागरिकलाई आह्वान गरेको छ ।

मनहरीबजारस्थित एस एण्ड टी राई मार्केट सुनसान ।

यो अबधिमा अत्याबश्यक सेवाहरु स्वास्थ्य, सञ्चार, दैनिक उपभोग्य, तरकारी, दूध ओसारपसार जस्ता क्षेत्रहरुमात्रै चालू हुन्छन् । तर, मनहरी बजारमा चैत ११ गते बिहान ११ बजेको दृष्य हेर्ने हो भने एक सयभन्दा बढी मानिसहरु सडकमा ओहोरदोहोर गरिरहेको देखियो । कोही रमिता हेर्न त कोही दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न सडक छेउ निस्किएको पाइयो । माथिल्लो बजार चैनपुर रोड पनि पूर्णतः बन्द छ ।

मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा छिर्ने बित्तिकै तापक्रम नाप्नका लागि स्क्रिनिङ डेस्कको व्यवस्था गरिएको छ ।

शाखा बाटोहरुमा मोटरसाइकलहरु ओहोरदोहार भइरहेका छन् भने राजमार्गबाट सडकमा ठूला सबारी साधनहरु आफ्ना गन्तब्यतिर गइरहेका देखिन्छन् । अटेर गरेर अटोहरु चलिरहेको देखिन्छ । मनहरी बसपार्कबाट राक्सिराङ र कैलाश गाउँपालिका चल्ने सबै सार्बजनिक यातायातहरु बन्द गरिएका छन् । प्रहरीले त्यसतर्फ चल्ने बसहरुलाई सञ्चालनमा रोक लगाएको छ । इलाका प्रहरी कार्यालय मनहरीले यातायात सञ्चालन भए/नभएको निगरानी गरिरहेको छ । अधिकाँश पसलहरु बन्द भएका छन् । केही दैनिक उपभोग्य बस्तु (खाद्यान्न बिक्री) का पसलहरु खुलेका देखिन्छन् । मेडिकलहरु खुलेका छन् ।

मनहरी बजार । जहाँ मानिसहरु आवतजावत गरिरहेको देखिन्छ ।

स्वास्थ्य केन्द्रमा ज्वरो उपचार केन्द्र छुट्टै निर्माण भएको छ । स्वास्थ्य केन्द्रमा आउने स्वास्थ्यकर्मीहरु आउजाउका लागि मनहरी गाउँपालिकाले सबारी साधनको व्यवस्था मिलाएको छ । स्वास्थ्य केन्द्रका कर्मचारीलाई एकै स्थानमा राख्ने र निश्चित ड्युटीमा खटाउने गरी आवासीय व्यवस्था पनि गरिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here