कैलाश–मकवानपुरको कैलाश गाउँपालिका प्रवेश गर्ने चारवटै नाकामा हेल्प डेस्क स्थापना गरिने भएको छ ।
कैलाश गाउँपालिका वडा नं ३ कालिकाटार, वडा नं ५ गोगने, वडा नं ७ भार्ता र वडा नं ९ नामटारमा हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको हो । कैलाश गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको विपद् व्यवस्थापन समितिका समेत संयोजक रहनु भएका कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो ।

चारैवटा नाकाबाट प्रवेश हुने मानिसहरुको अभिलेख राखिने र सोधपुछ गरी निगरानी गर्नेगरी स्वास्थ्यकर्मी खटाउने निर्णय समितिले गरेको हो । यसैगरी समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण अभियानमा सहभागी हुने सबै स्वास्थ्यकर्मीहरुलाई थप अतिरिक्त भत्ताको व्यवस्था गर्ने निर्णय निर्णय गरेको छ भने आवश्यक औजारहरु, सामग्रीहरु खरिद गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा ज्वरो नियन्त्रण कक्ष छुट्टै संचालन गर्ने र भीडभाड हुने गरी आउने नियमित प्रकृतिका रोगीहरुको संख्या कम गर्नेगरी काम गर्ने आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य संस्था नजिकै रहेका विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने र ज्वरोका बिरामीहरुलाई अधिकतम जाँच गर्नका लागि प्रचारप्रसारका काममा ध्यान दिने समितिले निर्णय गरेको छ । ज्वरो र रुघाखोकीका बिरामी पहिचान गरी उपचार गर्ने र उपचारका साथै आवश्यकतामा आधारित रही क्वारेन्टाइनमा पठाइने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here