मनहरी–कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले अत्यावश्यक बाहेकका व्यापारिक प्रतिष्ठानहरु बन्द गर्न आह्वान गरेको छ ।

मनहरी बजारमा देखिएको भीडभाडलाई कम गर्नका लागि अत्यावश्यक सेवा प्रबाह गर्ने पसलहरु बन्द गर्नका लागि समितिको बैठकले व्यवसायीहरुलाई आह्वान गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले गरेको सूचना बमोजिम सञ्चार, मेडिकल, होटल, तरकारी पसलजस्ता दैनिक अत्यावश्यक बस्तुहरु बिक्री बितरण गर्नेबाहेकका अन्य पसलहरु बन्द गर्नका लागि आह्वान गरिएको हो ।

त्यसैगरी बैठकले लामो समयसम्म बिद्युत आपूर्ति नहुँदा मनहरी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरुमा समस्या आएकाले विद्युत सेवा प्रबाहलाई सुधार गर्नका लागि नेपाल विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझाउने निर्णय भएको छ । त्यसैगरी विद्युतसँगै नेपाल टेलिकम र खानेपानी बितरणको अबस्था सुधारका लागि संघले सम्बन्धित निकायहरुमा पहल गर्ने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here