आँकेटारमा ओर्लिएको हेलिकोप्टर । तस्वीर सौजन्यः खुम मुक्तान ।

मनहरी–नजिकैबाट होचिँदै आएको सेतो रंगको हेलिकोप्टर जब मनहरी बजारको रिभरसाइडस्थित बसपार्कमा अबतरण ग¥यो, त्यसपछि मनहरीबासीमा उत्सुकता जाग्यो । हेलिकोप्टर किन आयो ? किन उड्यो ? ५ मिनेटजति मात्रै रोकिएको होलिकोप्टर पुनः उडेपछि यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि थियो ।
त्यसपछि उडेको हेलिकोप्टर कैलाश गाउँपालिका वडा नं ८ आँकेटारस्थित एउटा घर नजिकैको खेतमा अडियो । हेलिकोप्टरबाट इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षकसहितको प्रहरी टोली र केही अगुवाहरु ओर्लिए ।

आँकेटारमा बिहान ८ बजे नै स्थानीय ३० बर्षीय लालबहादुर मुक्तानमाथि गोली प्रहार भएको रहेछ । हात र छातीमा गोली लागेर गम्भीर घाइते भएका मुक्तानलाई लिन हेलिकोप्टर मगाइएको रहेछ । र, त्यही हेलिकोप्टरले मनहरीबाट प्रहरी टोली लिएर आँकेटार पुगेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो । घाइते भएका मुक्तानको उद्धार हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ भने गोली हान्ने व्यक्ति पहिचान हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा अनुसन्धानकै क्रममा रहेको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here