निर्विरोध कार्यसमितिको नामावली ।

मनहरी– मनहरी गाउँपालिका वडा नं ७ स्थित ड्याम साइडमा दुईतले भवन उभिएको छ । त्यो भवन मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको को हो भन्ने धेरैलाई थाहा छ । तर, भवन बनाउनका लागि जग्गा दिने व्यक्तिबारे मानिसहरु जानकार नहुन पनि सक्छन् ।

संघको भवन बनाउनका लागि २० लाख रुपियाँ मूल्य पर्ने १० धूर जग्गा उपलब्ध गराउने व्यक्ति नै शुक्रबारदेखि संघको नेतृत्वकर्ता बन्नु भएको छ । केही समयदेखि नेतृत्वबिहिन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले नेतृत्व पाएको हो ।

निबर्तमान बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी संघको सभापतिमा निर्विरोध हुनु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत इश्वरराज ढकालका अनुसार कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो । तत्कालीन संस्थापक सभापति समेत रहनु भएका गोविन्दप्रसाद रिजालको निधनपछि संघमा नयाँ नेतृत्व चयन हुन सकेको थिएन । रिजालको निधनपछि कार्यबाहक सभापति बन्नु भएका सुवेदी संघको पश्चिम क्षेत्र समितिको दोस्रो नेतृत्वकर्ता हुनुहुन्छ ।

२०७६ साल फागुन १५ गते भएको नवौ बार्षिक साधारण सभामा सर्बसम्मत नेतृत्व चयन नभएपछि निर्वाचन समितिले सर्बसम्मत कार्यसमितिको पहल थालेको थियो । जस अनुसार वरिष्ठ उपसभातिमा गणेशमान मानन्धर, उपसभापतिमा रामचन्द्र उप्रेती चयन हुनु भएको छ । सदस्यहरुमा पदम बहादुर तितुङ, जलाल दिन मिया, बेदमणि सेढाइ, शंकर प्रसाद कालाखेती, चन्द्रमणि पाठक, पशुपति बर्तौला, अनिता थिङ कर्माचार्य, चुडामणि गिरी, हिमशिखर ब्लोन, दिपकप्रसाद रिमाल, कृष्ण प्रसाद श्रेष्ठ, शिवशंकर स्याङतान, योगेश रिजाल, एकराज कालाखेती, विष्णुराम कालाखेती र प्रेमकुमार श्रेष्ठ रहनु भएको छ ।

संघको बिधान बमोजिम निर्वाचित सदस्यहरु मध्येबाट महासचिव, कोषाध्यक्ष, दुई जना सचिव र सहकोषाध्यक्ष चयन हुने जनाइएको छ । आगामी कार्यकालका बर्तमान बरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धरलाई नेतृत्व दिने आन्तरिक समझदारी र सहजीकरण भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here