मनहरी- मनहरी गाउँपालिकाले भोलिबाट सुरु हुने कक्षा ८ को बार्षिक परिक्षा र निजी विद्यालयका सबै कक्षाका बार्षिक परिक्षा अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको जनाएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले फेसबुक स्टाटसमार्फत आकस्मिक सूचना गर्नु भएको हो ।

यसअघि सामुदायिक विद्यालयहरुमा कक्षा ८ बाहेक अन्य कक्षाको परिक्षा मनहरी गाउँपालिकामा सम्पन्न भइसकेको थियो । कक्षा ८ को परिक्षालाई अझ व्यवस्थित बनाउने तरिकाले गाउँ शिक्षा समिति, परिक्षा समिति लगायतको सक्रियतामा चैत ६ गतेबाट सुरु हुने तयारी थियो ।

यता निजी विद्यालयहरुले प्राविधिक समस्याहरु रहेको जनाउँदै एसइइ परिक्षासँगै आफ्ना सबै बार्षिक परिक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेको थियो । अब यी सबै परिक्षा कार्यक्रमहरु स्थगन गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी लाइभ डटकमलाई टेलिफोनमार्फत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here