मनहरी–मनहरी गाउँपालिकाले सार्बजनिक र पर्ती जग्गा पहिचान गरी संरक्षण गर्न थालेको अभियान अन्तर्गत सोमबार ७ नं वडाको अनुगमन गरिएको छ ।

७ नं वडाको रमौली क्षेत्रको नदी उकास जमिन, कबुलियती वन क्षेत्र, तटबन्धनबाहिरका जग्गाहरुको अनुगमन गरिएको हो । अनुगमनपछि मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सार्बजनिक र पर्ती जग्गाको संरक्षण गरी समृद्धि आउने काममा लगाइने जानकारी दिनुभयो । उहाँले सबै वडाका सार्बजनिक र अतिक्रमित जग्गाहरुको संरक्षणमा स्थानीय सरकारले ध्यान दिइरहेको बताउनुभयो ।

कार्यक्रममा वडाबासीका तर्फबाट विकास निर्माण, जग्गा दर्ता लगायतका बिषयहरुमा प्रश्न उठेको थियो । रमौली प्रतापपुर बस्ती सार्ने बेलामा बस्तीमा पर्सा वन्यजन्तु आरक्षको नाउँमा छाडिएका जग्गाहरुको खोजी हुनुपर्ने माग स्थानीयबासिन्दाले गरेका थिए । त्यसैगरी अतिक्रमण गरिएको जग्गाहरु सार्बजनिक गरी सार्बजनिक हीतमा लाउनुपर्नेमा उहाँहरुले आवाज उठाउनु भएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, वडा सदस्य राधादेवी पाठक, मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष तेजराज उप्रेती, पर्सा राष्ट्रिय निकुन्ज प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।

सार्बजनिक सुनुवाई कार्यक्रम अघि भएको अनुगमनमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वन डिभिजन कार्यालय राप्ती मनहरीका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइराला, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, मनहरी गाउँपालिका राजश्व शाखा प्रमुख राजेन्द्र चौलागाई, डिभिजन वन कार्यालय मनहरी राप्तीका सहायक वन अधिकृत दिनेश हुमागाई, मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष तेजराज उप्रेती, राजनीतिक दलका तर्फबाट सीताराम अर्याल, सञ्चारकर्मी शिवकुमार काशी, पर्सा राष्ट्रिय निकुन्जका प्रतिनिधि, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाले आइतबार वडा नं ६ को जग्गा अनुगमन र सार्वजनिक सुनुवाई गरेको थियो । सबै वडामा निरन्तर सार्बजनिक जग्गाको अनुगमन गरी अभिलेख राखिने र संरक्षणमुखी काममा ध्यान दिइने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here