मनहरी–मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको तर्फबाट प्राथमिक स्वास्थ्य केन्द्र मनहरीलाई मास्क हस्तान्तरण गरिएको छ ।
सोमबार बिहान आयोजित अनौपचारिक कार्यक्रम संघका निवर्तमान पदाधिकारीहरुले मास्क हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य केन्द्रलाई हस्तान्तरण भएको मास्क ५०० थान रहेको छ । मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङको उपस्थितिमा मास्क हस्तान्तरण भएको हो ।
स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीका लागि बितरण गर्ने उद्देश्यले मास्क हस्तान्तरण गरिएको निबर्तमान बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीले बताउनुभयो । मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाबाट प्राप्त भएको मास्क स्वास्थ्य केन्द्रमार्फत बितरण गरिएको जनाइएको छ ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाकी सह कोषाध्यक्ष राधिका सामरी, सदस्य कृष्णहरि बर्ताैला, पश्चिम क्षेत्र समितिका निवर्तमान बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष गणेशमान मानन्धर, महासचिव रामचन्द्र उप्रेती, सचिव पदमबहादुर तितुङ, कोषाध्यक्ष जलाल दिन मिया लगायतको सहभागिता रहेको थियो ।