मनहरी–सेन्चुरी कमर्सियल बैँक मनहरी शाखाले समुदायसँग बैँकको सहकार्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार मनहरी बजारमा आयोजना गरेको छ ।

अन्तरक्रियामा समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका नेतृत्वकर्ताहरु नारायण सुवेदी, पदमबहादुर तितुङ, वडा सदस्य राधादेवी पाठक लगायतका व्यवसायीहरु कार्यक्रममा सहभागी भएको सेन्चुरी कमर्सियल बैँकका शाखा प्रमुख सुदन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बक्ताहरुले पाइयो भन्दैमा आवश्यकभन्दा बढी ऋण लिँदा मानिसहरु झन् गरिव हुने भन्दै ‘घाँटी हेरेर हाड निल्ने’ नीति अवलम्वन गर्न अनुरोध गरेका थिए । सेन्चुरी बैँकले आवश्यकता हेरेर मात्रै ऋण स्वीकृत गर्ने गरेको र गैर उत्पादनमुखी काममा ऋण लगानी गर्ने कुरालाई प्राथमिकता नदिइएको बैँकका सञ्चालक समेत रहनु भएका अर्थ बिश्लेषक सुदर्शन अधिकारीले बताउनुभयो । उहाँले बैँकको उद्देश्य नाफा कमाउने नभई मानिसलाई गरिवीबाट उतार्ने पनि हुनुपर्ने भन्दै आवश्यकताभन्दा बढी ऋण स्वीकृत गर्ने र परिचालन गर्ने बानीले मानिसहरुको आर्थिक अबस्था सुधार हुन नसक्ने प्रष्ट्याउनुभयो । ‘बैँकलाई ब्याज तिर्दैमा हैरान हुनेखालका ऋण कसैले दिनु पनि हुन्न, लिनु पनि हुन्न’, अधिकारीले भन्नुभयो–‘त्यसरी लिएको ऋणले बैँकले नाफा मात्रै कमाउने हो, मानिसको आर्थिक जीवन झन्् अस्तब्यस्त हुनेछ ।’

कार्यक्रममा व्यवसायी नेता नारायण सुवेदी र पदमबहादुर तितुङले पनि ऋणको दायरालाई संकुचित पार्नु नै राम्रो हुुने सुझाव दिनु भएको थियो । कार्यक्रममा बैँकका कर्मचारीहरु र सरोकारवालाहरु सहभागी हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here