मनहरी–मनहरी गाउँपालिकाको छैटौ गाउँसभा बुधवार भएको छ ।

गाउँसभाले तीनवटा बिधेयक पारित गरेको छ । पारित भएका विधेयकहरुमा गाउँपालिकाको पूर्वाधार व्यवस्थापन ऐन २०७६, मनहरी गाउँपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७६ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ रहेका छन् ।

तीनैवटा बिधेयक बिधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य आनन्द घलानले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कार्यपालिका बैठकले पारित गरेका १३ वटा कार्यविधिहरुलाई गाउँपालिकाले अनुमोदन गरेको छ । गाउँसभामा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले तुलनात्मक रुपमा कामहरु अघि बढिरहेको र मनहरीको समृद्धिको लागि स्थानीय सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।

सभामा शून्य समयमा बोल्दै दलित महिला सदस्य गंगा सुनारले जातीय छुवाछुत अझै कायम रहिरहेकाले हटाउनका लागि ध्यानाकर्षण गराउनु भएको थियो भने अर्की सदस्य उमाकुमारी नेपालीले कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।
गाउँपालिकाले चालू आर्थिक बर्ष २०७६÷७७ मा भएगरेका कामकारबाही र उपलब्धीहरुको विवरण संशोधित बिनियोजन विधेयक उपाध्यक्ष मनिला बिष्टले प्रस्तुत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here