मनहरी–तामाङ समुदायको नयाँ बर्ष २८५६ औँ सोनाम ल्होसारको अबसरमा आगामी माघ ११ गते मनहरी गाउँपालिका ६ सुनाचुरीस्थित टासी देछेन छोयलिङ गुम्बामा पुजापाठसहित सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
ल्होसार मनाउनका लागि रामबहादुर बोम्जनको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु समेत गठन गरी तयारी थालिएको प्रचारप्रसार उपसमितिका संयोजक दीपक मुक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार सांस्कृति कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरु पनि सहभागी हुनेछन् । तामाङ संस्कृति अनुसारको पुजापाठ पनि समारोहमा हुने उहाँले जानकारी दिनुभयो ।