मनहरी–राष्ट्रिय रोटरी माध्यमिक विद्यालय मनहरी ७ को व्यवस्थापन समिति अध्यक्षमा पुन शालिकराम बानियाँ अध्यक्षमा चुनिनु भएको छ ।

विद्यालयको २४ औँ अभिभावक भेलाले चुनेको ४ सदस्यीय समितिले थप २ जनालाई समेत मनोनीत गरेपछि बसेको बैठकले अध्यक्षमा बानियाँलाई चुनेको हो । उहाँ यसअघि पनि सर्वसम्मत अध्यक्ष हुनुहुन्थ्यो ।

भेलाले बानियाँ, खिलबहादुर खाती, मुनाकुमारी थोकर र बिष्णुमाया प्रजालाई सदस्यमा चुनेको थियो । चुनिएका सदस्यहरुले बिनय प्रजा र सीता पुलामीलाई मनोनीत गरी समितिलाई पूर्णता दिएको हो ।
समिति पदेन सदस्यको रुपमा वडाध्यक्ष ठाकुरराम तितुङ, शिक्षक प्रतिनिधि ठमकुमार गौतम र सदस्य सचिव प्रधानाध्यापक गोविन्द पौडेलसहित ९ सदस्यीय छ ।

भेलामा वडाध्यक्ष ठाकुरराम तितुङ, गाउँपालिका शिक्षा संयोजक हरिचन्द्र सापकोटा, समाजसेवी नवराज सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रधानाध्यापक पौडेलले ५ बर्षभित्र गरिने कामहरुको सूचि, गत आर्थिक बर्षको आर्थिक विवरण र चालू आर्थिक बर्षको बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here