मनहरी–नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पहिचानको मुद्दा बोकेर हिँडेका मकवानपुरका पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले ‘पार्टीको निर्णय किन नमान्ने ?’ भनेर प्रश्न गर्नु भएको छ । ।

२०६४ सालका संविधानसभाको निर्वाचनमा समानुपातिक सांसद बनेर चेपाङ स्वायत्त प्रदेशको मागसहित चक्काजाम र शसक्त आन्दोलन गर्नु भएका गोविन्दराम चेपाङ नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्ष समेत भइसक्नु भएका अभियन्ता हुन् ।

उहाँले शनिबार बिहान सामाजिक सञ्जालमा धारणा लेख्दै पार्टीको तर्फबाट प्रतिनिधित्व गरेर गएका सांसदहरुले ह्वीप मान्नुपर्ने तर्क पेस गर्नु भएको छ । आफू संसदमा हुँदा १९ पटक ह्वीप मानेर अघि बढेको स्मरण गर्दै उहाँले प्रदेशको नाम र राजधानीमा पार्टी निर्णय मान्न प्रदेशका सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोली फेरेको पनि पूवं सांसद चेपाङ्ले बताउनुभएको छ । उनले नेकपामा भइरहेको अनावश्यक बहसप्रति कटाक्ष गर्दै यो बहसको मौका अरुले सिद्ध गर्ने अबसर नबनोस् भनेर शुभकामना दिनु भएको छ । हेटौँड कसरी अपायक हो भनेर पनि प्रश्न गर्नु भएको छ । चेपाङ अहिले नेकपा मकवानपुरको जिल्ला सचिवालय सदस्य तथा आदिबासी जनजाति इन्चार्ज हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here