टपरी उद्योग उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाई ।

मनहरी–मनहरी गाउँपालिका वडा नं ८ स्थित सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहले टपरी उद्योग स्थापना गरेको छ । स्थापना भएको टपरी उद्योगको प्रदेश नं ३ का प्रमुख बिष्णु प्रसाईले एक समारोहका बचि उद्घाटन गर्नुभयो ।
शनिबार आयोजित समूहको २३ औँ बार्षिक साधारण सभामा प्रमुख अतिथि बन्नु भएका प्रसाईले टपरी उद्योग तथा समूहको नयाँ सामुदायिक भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा बोल्दै प्रसाईले सामुदायिक वनहरुले उद्यमशीलतातिर ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
वनमार्फत समृद्धि सम्भव रहेकाले वनस्रोतको परिचालनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्घाटन गरिएको टपरी उद्योगमा ७ वटा मेसिन रहेका छन् । मेसिनबाट उत्पादन भएको टपरीमा प्रमुख अतिथि प्रसाईसहित अतिथिहरुलाई आयोजकले खानेकुरा बितरण गरेको थियो ।
कार्यक्रममा प्रदेश नं ३ नंका सभासद ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत दीर्घनारायण कोइराला, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ, रामहरि सुवेदी, नवराज सुवेदी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रकाश बर्ताैलाले गर्नु भएको थियो ।
टपरी उद्योगमा ग्रामीण समुदायका महिलाहरुले स्वरोजगारी सिर्जना गर्ने आशा गरिएको सिम्पानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here