मनहरी–पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार मनहरी आउँदै हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि बरिष्ठ नेता नेपाल आउन लाग्नु भएको हो । मंसीर २० र २१ गते नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।
मनहरी गाउँपालिका वडा नं ७ रमौलीस्थित सामुदायिक लजमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । आवासीय तालिममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य बिरोध खतिवडा, प्रदेश कमिटीका सदस्य ओमबहादुर ग्लान, एकराज उप्रेती, जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलाीमसहित नेताहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपाका सचिवालय सदस्य नवीन सुवेदीले जानकारी दिनुभयो ।