मनहरी–नेपाल चेपाङ संघ प्रदेश नं ३ को पहिलो अधिबेसनले अध्यक्ष खुसीलाल चेपाङलाई अध्यक्षमा निर्बाचित गरेको छ ।

मकवानपुरबाट प्रतिनिधित्व गर्ने दुईजना प्रतिनिधिले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । चितवनको भरतपुरमा भएको पहिलो अधिवेसनमा अर्का प्रत्यासी बिनोदकुमार चेपाङलाई १७ मतले पराजित गरी खुसीलाल अध्यक्षमा चुनिनुभएको हो । खुसीलालले ९४ मत प्राप्त गर्दै पदाधिकारीमा उहाँको प्यानलले नै बिजय हासिल गरेको पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिनुभयो । अर्का प्रत्यासी बिनोदले ७७ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा खुसीलाल प्यानलकै पूर्णिमाया चेपाङ (धादिङ), सचिवमा लक्ष्मण चेपाङ (चितवन) कोषाध्यक्षमा उद्धव चेपाङ (धादिङ) र सहसचिवमा सिंगलाल चेपाङ (मकवानपुर) बिजयी हुनु भएको छ । ४ जना महिला सदस्यहरु निर्विरोध भएको कार्यसमिति १७ जनाको निर्माण भएको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका पूर्व संविधानसभा सदस्य गोविन्दराम चपाङले जानकारी दिनुभयो ।

शनिबार चितवनको भरतपुरमा आयोजित संघको पहिलो अधिवेसनको प्रदेश नं ३ का आन्तरिक तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले ढ्यांग्रो बजाएर उद्घाटन गर्नु भएको थियो । सोही अबसरमा गोरखापत्र समाचारदाता शिवकुमार काशी र शालिग्राम नेपाल र कान्तिपुरका पत्रकार रमेशकुमार पौडेललाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here