मनहरी–प्रतिनिधिसभा सदस्यको सिफारिसमा कार्यान्वयन हुने बजेट सिफारिसका क्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको भवन निर्माणका लागि २० लाख रुपियाँ बिनियोजन भएको छ ।

उद्योग बाणिज्य संघको निर्माणाधीन सचिवालय भवनमा सामुदायिक सभाहल निर्माणका लागि २० लाख रुपियाँ बजेट सिफारिस गरिएको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले बताउनुभयो ।
खतिवडाका अनुसार ५० लाख लगानीका ६ वटा ठूला योजनाहरु सिफारिस भएका छन् । जसमध्ये मनहरी गाउँपालिका वडा नं ५ को डिल्लीपुर बसन्तपुर सडक निर्माणका लागि ५० लाख बिनियोजन भएको छ । त्यसैगरी इन्द्रसरोबर गाउँपालिकाको बज्रमाठ–सिकारी गाउँ–महाचुनी मन्दिर–कोदोखोरिया–मागेपौवा सडकका लागि ५० लाख, दुंगु–परेवाभीर सडकलाई ५० लाख, मानेडाँडा–हलबारी–अल्छे–कप्सरी सडकलाई ५० लाख, बज्रबाराही पार्क निर्माणलाई ५० लाख, उपल्लो सुपिङ बृहद् खानेपानी योजनाका लागि ५० लाख, बिनियोजन भएको छ ।

मनहरी गाउँपालिकामा ५ वटा योजना, भीमफेदीमा ३ वटा, हेटौँडा उपमहानगरपालिकामा २ वटा, थाहानगरपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा ४ वटा, मकवानपुरगढीमा २ वटा, इन्द्रसरोवर गाउँपालिकामा २ वटा र राक्सिराङ गाउँपालिकामा ४ वटा योजनाहरु सिफारिस भएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत पर्ने गाउँपालिका र नगरपालिकाका वडाहरुलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार निर्माण, पर्यटन लगायत क्षेत्रलाई समेटर बजेट बिनियोजन भएको सांसद खतिवडाले जानकारी दिनुभयो । ‘स्थानीय सरकारका प्रमुखहरुसँगको छलफल र समन्वयबाटै बजेट बाँडफाँट गरिएको हो’, सांसद खतिवडाले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here