बाल बिबाह झल्काउने नाटकीय कार्टून । साभारः गुगल

राक्सिराङ –मकवानपुरको राक्सिराङ गाउँपालिका ८ चे भन्ने गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरुको सक्रियतामा रोकिएको छ ।

स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत छात्रा रविना चेपाङ (परिवर्तित नाम) लाई बिहिबार दिउँसो जबरजस्त विवाह गर्ने गरी चेपाङ समुदायको परम्परा अनुसार केटापक्ष पोङ राख्न आएको थाहा पाएपछि बिबाह रोकिएको हो । विवाहको बिषयबारे छात्रा र उनकी वुवा अनविज्ञ रहेका थिए ।
दीगो विकासका लागि एकता नेपालकी सहजकर्ता सीता मुक्तानले छात्राको घरमा पुगी गैरकानूनी विवाह गर्न नहुने भन्दै सहजीकरण गरेपछि पोङ फिर्ता भएको संस्थाका सहायक परियोजना व्यवस्थापक गोविन्द न्यौपानेले जानकारी दिनुभयो । छात्राकी बुवाले समेत २० बर्ष नपुगी विवाह गर्ने योजना नरहेको र छोरीको पढ्ने उमेर रहेको बताएपछि पोङ राख्न आउने टोली हच्किएको थियो । छात्राले पनि विवाह गर्ने कुरामा आपत्ति जनाएको न्यौपानेले जानकारी दिनुभयो ।

चेपाङ समुदायमा अहिले पनि पोङ राख्ने र जबरजस्ती रुपमा भगाएर विवाह गर्ने चलन यदाकदा देखिने गरेको छ भने मामा र फूपूका सन्तानबीच बैबाहिक सम्बन्ध कायम राख्ने चलन पनि जीवितै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here