क्रसर अनुगमनका क्रममा निर्देशन दिनु हुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीसहित अनुगमन टोली ।

मनहरी–मनहरीमा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरुले पूरा गर्नुपर्ने आधारभूत मापदण्डहरुका बारेमा मनहरी गाउँपालिकामा छलफल भएको छ ।

गाउँ अनुगमन समितिको बैठकले असोज महिनामा गरेको अनुगमन बमोजिम केही मापदण्डहरु पूरा नगरेको पाइएपछि क्रसर उद्योगीहरुलाई बोलाएर गाउँपालिकाले कात्तिक महिनाभित्र सबै मापदण्डहरु पूरा गरेर अघि बढ्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रका १४ वटा क्रसर तथा बालुवा उद्योगका सञ्चालकहरु बैठकमा सहभागी भएका थिए ।

बैठकले बगर क्षेत्रमा गरिएको उत्खनन्बाट उत्पन्न भएको खाडलहरु कात्तिक महिनाभित्र पुर्ने, पानीको निकासलाई सीधै नदीमा पुग्ने गरी फालिएकामा त्यसको व्यवस्थापन गर्ने, साइनबोर्डलाई सच्याएर आवश्यक बिबरणहरु भर्ने लगायतका बिषयहरुमा सहमति जनाएको छ । त्यसैगरी वडातहमा गठित अनुगमन समितिले १५/१५ दिनमा अनुगमन गर्ने र गाउँ अनुगमन समितिलाई पनि सक्रिय बनाउने बिषयमा क्रसर तथा बालुवा उद्योगीहरुबीच सहमति जुटेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here