हेटौंडा : हेटौंडा उपमहारनगरपालिका–७ किरणचोकका दीपर्शन दीप अधिकारीको घरमा लक्ष्मी पूजाको दिन रंगोली तयार भयो।
दीपर्शनसहित बुवा दीपप्रसाद अधिकारी र बहिनी दिपाञ्जलीले ४५ मिनेट लगाएर रंगोलीमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीको जर्सी बनाएर लक्ष्मी पूजा गरे। लक्ष्मीपूजापछि दीपर्शनले उक्त रंगोलीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखे। दीपर्शनले उक्त तस्बिर फेसबुकमा राखेपछि बार्सिलोना र मेस्सीका फ्यानहरुले धमाधम उक्त रंगोलीको फोटो सेयर गर्न थाले ।
उक्त रंगोलीको फोटो अनपेक्षित रुपमा भाइरल भएको छ। उक्त भाइरल फोटो बार्सिलोनाका एकजना फ्यान अर्जुन पराजुलीले बार्सिलोनाको अफिसियल फेसबुक पेजमा म्यासेज गरेको जानकारी बार्सिलोना टिभीले नेपालका फ्यानलाई सम्बोधन गर्दै बताएका छन्। बार्सिलोना टिभीले नेपालीहरुको उज्यालो र बत्तीहरुको पर्वमा मेस्सीका फ्यानले उत्कृष्ट तस्बिर पठाएको बताएका छन्।
www.thahakhabar.com